कृष्णभीरको नयाँ ट्रयाकबाट असोज १ देखि दुईतर्फी गाडी गुड्ने
बुधबार, भदौ ३१, २०८३
काठमाडौं - पृथ्वीराजमार्गको नागढुङ्गा–मुग्लिन सडकखण्डमा पर्ने कृष्णभीरमा ट्रयाक खोल्ने काम सम्पन्न भएको छ । उक्त खण्डमा यही भदौ २८ गतेदेखि परीक्षणका रुपमा यातायात सेवा सुरु भइसकेको छ भने आगामी असोज १ गतेदेखि पूर्ण रुपमा यातायात सञ्चालन सुरु हुनेछ । प्रधानमन्त्री वालेन्द्र शाहले यही भदौ १७ गते सङ्घीय संसद्मा सम्बोधनका क्रममा कृष्णभीर खण्ड भदौ महिना भित्रै सञ्चालनमा ल्याउने बताएको थियो ।


