बुटवलमा वामपन्थी दलहरुबारे शनिबार विचार गोष्ठि हुँदै, भिम रावलले सम्बोधन गर्ने
शुक्रबार, असोज २, २०८३
बुटवल - संविधान दिवसका दिन शनिबार बुटवलमा वर्तमान राजनैतिक परिस्थितीमा बापन्थी दलहरुको भूमिका बिषयक विचार गोष्ठि हुने भएको छ । गोष्ठिलाई वैचारिक तथा देशभक्ति एव् नेकपाका नेता भिम रावलले सम्बोधन गर्नेछन् । पुष्पलाल मित्रता केन्द्रको आयोजनामा बुटवल योगिकुटी स्थित सिद्धार्थ कटेजमा लुम्बिनी प्रदेश स्तरीय विचार गोष्ठि हुनेछ ।


