बुटवलमा वामपन्थी एकतामाथि मन्थन : भिम रावल भन्छन् - 'पदकाे लाेभ त्यागाैं, वामपन्थी शक्ति बलियाे बनाऔ'!
शनिबार, असोज ३, २०८३
बुटवल- नेपाली कम्यूनिष्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री डा. भिम रावलले नेतृत्वको पदमोह र कम्यूनिष्ट आचरण नभएकाले कम्यूनिष्टहरु कमजोर अवस्थामा आइपुगेको बताएका छन् । उनले गत वर्षको जेनजी आन्दोलनपछि नेपालका कम्यूनिष्ट पार्टीहरु निकै कमजोर अवस्थामा पुगेकाले अब नेतृत्वमा रहेकाहरुले ससम्मान विदाई भएर नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताए ।

