पाल्पामा दुर्घटना हुँदा एक जनाको मृत्यु, ५ जना घाइते
आइतबार, असोज ४, २०८३
बुटवल - पाल्पाको तानसेन नगरपालिका–८ भालेबासमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।आईतबार दिउँसो करिब ३ बजेर ३० मिनेटमा बुटवलबाट तानसेनतर्फ आउँदै गरेको भे १ ज ९७६ नम्बरको फोर्स गाडी सिद्धार्थ राजमार्गअन्तर्गत भालेबासमा अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको हो ।


