ज्ञानपुञ्जले घरमै पुगेर ९० माथिका जेष्ठ नागरिकलाइ गर्याे सम्मान
सोमबार, असोज ५, २०८३
बुटवल - बुटवल ११ स्थित ज्ञानपुञ्ज इंगलिस बोर्डिङ स्कूलले सोमबार फरक कार्यक्रम गर्यो । न कुनै ठूलो तामझाम थियो, न कुनै ब्यानर नै । अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसर पारेर विद्यालयले ९० बर्षमाथिका जेष्ठ नागरिक सम्मान तथा जेष्ठ नागरिकको अनुभव सुन्ने कार्यक्रम गरेको हो ।


