शुक्रबारदेखि आइतबारसम्म हावाहुरीसहित ठूलो वर्षाको सम्भावना
मंगलबार, असोज ६, २०८३
काठमाण्डौ - आउँदो असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म देशका धेरै ठाउँमा ठूलो वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाले विशेष मौसम बुलेटिन निकालेर केही ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।


