पाल्पामा पहिरो जाँदा बाबुछोरीसहित तीन जना बेपत्ता
आइतबार, असोज ११, २०८३
पाल्पा - पाल्पाको माथागढी गाउँपालिका–३ भसकट्टामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार अविरल वर्षाका कारण आइतबार बिहान पहिरो खस्दा स्थानीय ७५ वर्षीय लिलबहादुर घर्ती मगरको घर पुरिएको हो।


