रुपन्देही र पाल्पाका ६ पालिकाका बीचमा १० बुँदे सहमति
आइतबार, जेठ २५, २०८२
बुटवल - रुपन्देही र पाल्पाका ६ स्थानीय तहले सीमा क्षेत्रको समस्या समाधान तथा सहकार्य गर्न सहमति गरेका छन् । बुटवल उपमहानगरपालिकासँग सीमाना जोडिएका ६ वटा स्थानीय तहहरुका बीचमा बुटवलमा बुटवल उपमहानगरपालिकाले आयोजना गरेको अन्तरक्रियात्मक गोष्ठीपछि १० बुँदे सहमति पत्रमा हस्ताक्षर गर्दै यी पालिकाले सहकार्य र संयुक्त अभ्यास गर्ने सहमति गरेका हुन् । बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, सैनामैना नगरपालिका, देवदह नगरपालिका, शुद्धोदन गाउँपालिका र तिनाउ गाउँपालिका ९पाल्पा०ले संविधानमा रहेका अधिकारका साझा सूचीका विषयमा संघ र प्रदेशबाट बन्नुपर्ने कानूनहरु यथाशीघ्र निर्माण गर्न सम्बन्धित निकाय र तहमा माग गर्ने निर्णय गरेका छन् ।