बाढीपहिरोबाट लुम्बिनीका ठाउँ-ठाउँका सडक अबरुद्ध, गुल्मी र पाल्पाका धेरै सडक अबरुद्ध
आइतबार, असोज ११, २०८३
बुटवल - लगातारको वर्षाले आएको बाढी र पहिरोबाट लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा १८ वटा सडक अबरुद्ध भएका छन् । केही सडक खुलाउने प्रयास जारी छ भने केहीमा समय लाग्ने प्रहरीले जनाएको छ । बाढी र पहिरोले गुल्मी र पाल्पामा बढी सडक अबरुद्ध भएका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले असोज ११ गते बिहान विवरण सार्वजनिक गरेको विवरण अनुसार पाल्पा, गुल्मी, प्युठान, रोल्पा र अर्घाखाँचीका सडकखण्ड अवरुद्ध रहेको जनाएको हो ।


