बर्षाले प्रभावित जनजीवनलाई सामान्यकरण, सरकार सुधारमा जुटेकाे दावी
सोमबार, असोज १२, २०८३
असोज ८ गतेदेखि वर्षासँगै आएको बाढी पहिरो, डुबान, हावाहुरी र चट्याङका कारण देशभर २७ जनाले ज्यान गुमाउनुभएको छ भने ७ जना घाइते र ४ जना सम्पर्कविहीन हुनुहुन्छ। यस अवधिमा भएका ५१३ वटा मनसुनका घटनाबाट १,०६५ परिवार प्रभावित भएका छन्। यसैगरी, २२५ घरमा पूर्ण र १३७ घरमा आंशिक क्षति पुगेको छ भने २७ गोठ र ११४ पशुचौपायामा क्षति पुगेको छ।


