बाढीले क्षती पुगेका परिवारलाइ बुटवल उपमहानगरले ३ महिनासम्म मासिक १५ हजार रकम दिने
मंगलबार, असोज १३, २०८३
बुटवल- बुटवल उपमहानगरपालिकाले तिनाउमा आएको बाढीले क्षतिग्रस्त घरपरिवारलाई ३ महिनासम्म मासिक घरभाडा दिने भएको छ।उपमहानगरको मंगलबार बसेको विपद् समितिको बैठकले बुटवल ११ टप मजुवामा पूर्ण क्षति भएका ३ घर र आधा क्षति भएका २ घर गरि ५ घरलाई तत्काल मासिक १५ हजारका दरले ३ महिना सम्मको लागि भाडा वापतको रकम राहतस्वरूप दिने दिने निर्णय गरेको हो ।


