कांग्रेस अधिवेशन : भोलि बिहान ७ बजे मात्रै मतदान
बिहीबार, असोज २२, २०८३
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नेतृत्व छान्नका लागि आज मतदान नहुने पक्का भएको छ। बिहान १० बजेका लागि तय गरिएको मतदान तीनपटक सारेर दिउँसो साढे २ बजेसम्मलाई सारिएको थियो। त्यसपछि पनि मतदान हुन सकेन। केन्द्रीय निर्वाचन समितिले पनि अर्को समय सार्वजनिक गरेन।


