लुम्बिनी प्रादेशिक अस्पतालमा ३० बेडको एचडीयू सेवा सञ्चालन
शुक्रबार, असोज ३०, २०८३
बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा शुक्रबारदेखि ३० बेड क्षमताको उच्च निर्भरता एकाइ एचडियू सेवा सञ्चालनमा आएको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विष्णुप्रसाद गौतमले सेवाको औपचारिक शुभारम्भ गर्दै सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउन सहयोग पुग्ने अपेक्षा गरे ।


