रुपन्देहीकाे गैडहवामा भूमिहीन दलित परिवारलाई लालपुर्जा वितरण
शुक्रबार, असोज ३०, २०८३
रुपन्देही। जिल्ला भूमि समस्या समाधान समितिले गैडहवा गाउँपालिका–८ र ९ का १६ भूमिहीन दलित मुसहर परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण गरेको छ।समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, गाउँपालिका अध्यक्ष सुरेन्द्र पौड्याल र प्रमुख नापी अधिकृत मणिप्रसाद रेग्मीलगायतले उनीहरूलाई आज लालपुर्जा हस्तान्तरण गरेका हुन्।


