रानीमहलको संरक्षण र प्रवद्र्धन साझा दायित्वः मुख्यमन्त्री आचार्य
शुक्रबार, असोज ३०, २०८३
पाल्पा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पाल्पाको ऐतिहासिक सम्पदा रानीमहलको संरक्षण र प्रवद्र्धनलाई साझा दायित्वका रूपमा अघि बढाउनुपर्ने बताएका छन । उनले रानीमहललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने प्रयासमा साहित्यको भूमिकासमेत महत्वपूर्ण हुने उल्लेख गर्दै रामचन्द्र खनालद्वारा लिखित ‘रानीमहल’ ऐतिहासिक उपन्यासले पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने विश्वास व्यक्त गरेका छन ।


