कावासोतीमा अटो पल्टिंदा एक महिलाको मृत्यु, ७ जना घाइते
आइतबार, कात्तिक १, २०८३
नवलपरासी- पूर्वी नवलपरासीकोको कावासोती नगरपालिका–६ माझटोलमा अटो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।विष्णुनगरबाट कावासोतीतर्फ आउँदै गरेको ग.प्र.०४–००१ ह ०७०२ नम्बरको अटो अनियन्त्रित भएर नहरमा पल्टिदा कावासोती–१ हात्तीखोरका ४१ वर्षीया ईशा सुनारको मृत्यु भएको हो ।


