काँग्रेस बुटवलकाे पहिलाे बैठक : संगठन विस्तारदेखि गणेशमान स्मृति भवन बनाउने निर्णय
सोमबार, कात्तिक २, २०८३
बुटवल - नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेस बुटवल उपमहानगर समितिको पहिलो बैठक सम्पन्न भएको छ।उपमहानगर सभापति ज्योति भण्डारीको अध्यक्षतामा बसेको बैठकले संगठन सुदृढीकरण ,भवन निर्माणलगायतका विषयमा विभिन्न निर्णय गरेको छ।बैठकले गणेशमान स्मृति भवनको पछाडि (पश्चिमपट्टि) रहेको खाली जग्गामा भवन निर्माण गर्नुका साथै भवनको माथिल्लो भागमा ट्रस निर्माण गर्ने महत्त्वपूर्ण निर्णय गरेको छ।


