दशैंकाे आठाैं दिन : महाअष्टमीकै कर्म गर्नुपर्ने
सोमबार, कात्तिक २, २०८३
काठमाण्डौ- नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा दुई दिन अष्टमी परेकाले आज पनि महाअष्टमीको कर्म गर्नुपर्ने जनाएको छ ।समितिले स्वीकृति दिएको पात्रोमा हिजो र आज दुवै दिन महाअष्टमी उल्लेख छ । दशैँ घर वा पूजा कोठामा हिजो गरिएको महाअष्टमीको कर्म आज पनि दोहोर्याउनुपर्ने समितिका पूर्वसदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा.डा देवमणि भट्टराईले जानकारी दिनुभयो ।


