पाल्पा माथागढीका सन्तबहादुर हत्या अभियाेगमा १४ बर्षपछि पक्राउ
सोमबार, जेठ २६, २०८२
पाल्पा - पाल्पामा हत्या गरी फरार रहेका एक व्यक्ति १४ बर्षपछि पक्राउ परेका छन् । पाल्पा साविक चिदीपानी गाविस वडा नं. ७ हाल माथागढी गाउँपालिका वडा नं. १ दमार ५७ बर्षिय सन्त बहादुर सार्की पक्राउ परेका हुन । उनले ०६८ कार्तिक ११ गते पाल्पा जिल्ला साविक चिदीपानी गाविस वडा नं. ७ हाल माथागढी गाउँपालिका वडा नं. १ दमारका १८ बर्षिय नरवीर नेपालीको हत्या गरि फरार रहेका थए ।