Lumbini Rise
पाल्पा माथागढीका सन्तबहादुर हत्या अभियाेगमा १४ बर्षपछि पक्राउ

पाल्पा -  पाल्पामा हत्या गरी फरार रहेका एक व्यक्ति १४ बर्षपछि पक्राउ परेका छन् । पाल्पा साविक चिदीपानी गाविस वडा नं. ७ हाल माथागढी गाउँपालिका वडा नं. १ दमार ५७ बर्षिय सन्त बहादुर सार्की पक्राउ परेका हुन ।

उनले ०६८ कार्तिक ११ गते पाल्पा जिल्ला साविक चिदीपानी गाविस वडा नं. ७ हाल माथागढी गाउँपालिका वडा नं. १ दमारका १८ बर्षिय नरवीर नेपालीको हत्या गरि फरार रहेका थए ।  

भारतमा लुकिछिपी रहदै आएका सन्त बहादुरलाइ नेपाल फर्कने भन्ने सूचना पश्चात परिचालित प्रहरी टोलीले आइतबार दिउँसोको रुपन्देही  सिद्धार्थनगर नगरपालिका वडा नं.१ बेलहिया स्थित बसपार्कबाट पक्राउ गरिएको पाल्पा प्रहरीले जनाएको छ ।

पक्राउ परेका सार्कीलाइ  मुलुकी मुलुकी अपराध संहिता, २०७४ को दफा १७७ बमोजिम ज्यान सम्बन्धी कसूरमा कारवाही गरिने जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।  

जिल्ला अदालत, पाल्पाबाट फौजदारी कार्यविधी संहिता, २०७४ दफा १४९१० बमोजिम दिन ०६  म्याद लिई जिल्ला प्रहरी कार्यालय पाल्पाबाट थप अनुसन्धानको कार्य भईरहेको उनले बताए ।   


 

प्रकाशित मिति: सोमबार, जेठ २६, २०८२  १४:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update