गर्मि बढेपछि कपिलबस्तुका तीन पालिकाले दिए विदा
मंगलबार, जेठ २७, २०८२
कपिलबस्तु – तराईका जिल्लाहरुमा गर्मि बढ्न थालेपछि विद्यायहरुले विदा दिन थालेका छन् । कपिलबस्तुको कपिलबस्तु, बुद्धभूमि र बाणगंगा नगरपालिकाले गर्मीका कारण विद्यालयमा बिदा दिएका छन् । कपिलबस्तु नगरपालिकाले तीन र बुद्धभूमि र बाणगंगाले चार दिन विदा दिएका हुन् । कपिलबस्तु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुनाराम पौडेलले गर्मीका कारण विद्यालयमा शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्न कठिनाई भएकोले बिदा दिने निर्ण गरिएको जानकारी दिए ।