Lumbini Rise
गर्मि बढेपछि कपिलबस्तुका तीन पालिकाले दिए विदा 

कपिलबस्तु – तराईका जिल्लाहरुमा गर्मि बढ्न थालेपछि विद्यायहरुले विदा दिन थालेका छन् । कपिलबस्तुको कपिलबस्तु, बुद्धभूमि र बाणगंगा नगरपालिकाले गर्मीका कारण विद्यालयमा बिदा दिएका छन् । कपिलबस्तु नगरपालिकाले तीन र बुद्धभूमि र बाणगंगाले चार दिन विदा दिएका हुन् ।  

कपिलबस्तु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुनाराम पौडेलले गर्मीका कारण विद्यालयमा शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्न कठिनाई भएकोले बिदा दिने निर्ण गरिएको जानकारी दिए ।  नगरले सम्पूर्ण सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरुमा विदा दिएको उनले बताए । 

बुद्धभूमि र बाणगंगा नगरपालिकाले चार दिन मंगलबारदेखि शुक्रबार सम्म र कपिलबस्तु नगरपालिकाले तीन दिन बुधबार देखि शुक्रबार सम्म बिदा दिइएको हो । अत्याधिक गर्मीको कारण स्वास्थ्य प्रतिकुल हुँदा विद्यार्थीहरुलाई विद्यालयमा रही पठनपाठन कार्यमा संलग्न हुन कठिनाइ हुने चार दिन सम्पूर्ण विद्यालयहरुमा विदा दिइएको बुद्धभुमि नगरपालिकाका शिक्षा अधिकृत कृष्ण प्रसाद भट्टराईले बताए ।

वर्षे विदाबाट कट्टा हुने गरी विद्यालयहरुलाई गर्मी विदा दिइएको जनाइएको छ । 

प्रकाशित मिति: मंगलबार, जेठ २७, २०८२  १४:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update