मुक्ति समाजले रुपन्देहीका १६ वटै स्थानीय तहमा २२ बुँदे मागसहित ज्ञापनपत्र बुझायो
शनिबार, जेठ ३१, २०८२
रुपन्देही- नेकपा एमाले निकट मुक्ति समाज नेपाल, रुपन्देहीले जिल्लाका सबै १६ वटै स्थानीय तहमा २२ बुँदे मागसहित ज्ञापनपत्र बुझाएको छ।मुक्ति समाज रुपन्देहीका अध्यक्ष विकास गहतराजका अनुसार, स्थानीय सरकारको बजेट दलित मैत्री बनाउने उद्देश्यका साथ ज्ञापनपत्र बुझाइएको हो ।विगतमा स्थानीय तहले दलितको सवाललाई नीति तथा कार्यक्रममा उचित स्थान नदिएको र त्यो परिपाटी दोहोरिन नदिन दबाब दिने उद्देश्यले यो अभियान सञ्चालन गरिएको उनले बताए ।