रूपन्देहीमा आचार्य बन्धु भेला सम्पन्न, अर्जुन आचार्यको अध्यक्षतामा समिति गठन
शनिबार, जेठ ३१, २०८२
बुटवल - रूपन्देहीको तिलोत्तमा स्थित ड्राईभर टोलमा शनिबार आचार्य बृहद् वंश भेला सम्पन्न भएको छ । विभिन्न परिवार, वंश, थर,गोत्र जातिको थातथलो जरोकिलोको खोजी गर्ने, अनुसन्धानमूलक रचनाहरु प्रकाशन गर्ने उदेश्यका साथ आचार्य वंशहरुको भेला गरिएको हो ।वंशभेलाको उद्घाटन गर्दै केन्द्रीय अध्यक्ष नारायणप्रसाद आचार्यले केन्द्रीय कमिटीले बैठकबाट पास गरेका त्रीवर्षीय योजनाहरु बताउँदै गर्गगोत्री आचार्यको आत्म निष्ठा, आत्मगौरव र आत्म सम्मानको विषयमा निरन्तर लाग्ने बताए ।