
बुटवल - रूपन्देहीको तिलोत्तमा स्थित ड्राईभर टोलमा शनिबार आचार्य बृहद् वंश भेला सम्पन्न भएको छ । विभिन्न परिवार, वंश, थर,गोत्र जातिको थातथलो जरोकिलोको खोजी गर्ने, अनुसन्धानमूलक रचनाहरु प्रकाशन गर्ने उदेश्यका साथ आचार्य वंशहरुको भेला गरिएको हो ।
वंशभेलाको उद्घाटन गर्दै केन्द्रीय अध्यक्ष नारायणप्रसाद आचार्यले केन्द्रीय कमिटीले बैठकबाट पास गरेका त्रीवर्षीय योजनाहरु बताउँदै गर्गगोत्री आचार्यको आत्म निष्ठा, आत्मगौरव र आत्म सम्मानको विषयमा निरन्तर लाग्ने बताए ।
यसैगरी भेदामा संस्थाका संरक्षक तथा संस्थापक अध्यक्ष निर्मलकुमार आचार्य, बुटवल उपमहानगरपालिकाको उपप्रमुख सावित्रादेवी, पूर्व उपमेयर गोमादेवी आचार्यले सबै आचार्यबन्धुहरु भावनात्मक रुपमा एक भएर अगाडि बढ्दा पारिवारिक वातावरण महशुस भएको बताए ।
प्राध्यापक डा. आरसी आचार्यले आफ्नो पहिचानको लागि आफै लाग्नुपर्ने बताए । यसैगरी कार्यक्रममा दुर्गाप्रसाद शर्मा आचार्य, जयप्रसाद आचार्य, ऋषि आजादले पनि विचार राखका थिए ।
दोस्रो सत्रमा माधव आचार्य, कपिल प्रसाद आचार्य, काशीराम आचार्य, उमा आचार्य, सुमित्रा आचार्यसहितको निर्वाचन समितिले निर्वाचन सम्पन्न गरेको छ ।
निर्वाचनले अर्जुनप्रसाद आचार्यको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन गरेको छ । संस्थाको उपाध्यक्षमा सीता आचार्य, सचिवमा कृष्ण आचार्य, सहसचिवमा सिर्जना आचार्य, कोषाध्यक्षमा लक्ष्मण आचार्य, सदस्यहरुमा नवराज आचार्य, शोभाकर आचार्य, तिलकराज उपाध्याय, बालकृष्ण आचार्य, विष्णु आचार्य, विद्या आचार्य,गोपाल आचार्यलगायत रहेका छन् ।