परिचयपत्रका लागि सहज वातावरण बनाउन एमाले बुटवल नगरसमितिको ज्ञापनपत्र
आइतबार, असार १, २०८२
बुटवल– नेकपा एमाले बुटवल नगर कमिटीले सेवा प्रवाहलाई व्यवस्थित बनाउन आग्रह गर्दै इलाका प्रशासन कार्यालय, बुटवलमा ज्ञापनपत्र बुझाएको छ ।
आइतबार नगर कमिटी अध्यक्ष शोभाखर पोखरेलको नेतृत्वमा गएको प्रतिनिधि टोलीले बढ्दो गर्मीका कारण सेवाग्राहीलाई सास्ती भएको जनाउँदै कार्यालयको सेवालाई बिहान ७ बजेदेखि नै प्रारम्भ गर्न आग्रह गरेको हो ।