विनयीखोलाको डाईभर्सन फेरी बगायो, पूर्वपश्चिम राजमार्ग प्रभावित
मंगलबार, असार ३, २०८२
बुटवल – पूर्वी नवलपरासीको विनयी खोलामा बनाइएको डाइभर्सन बाढीले बगाउँदा पूर्वपश्चिम राजमार्गमा यातायात प्रभावित भएको छ। गएरातिको वर्षाले विनयी खोलाको डाइभर्सन बगाएपछि पूर्वपश्चिम राजमार्ग हुँदै यात्रा गर्ने गाडीहरु प्रभावित भएका हुन्। र डाइभर्सनभन्दा माथिबाट पानी बगिरहेकाले गाडी वारपार गर्न नसकेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रवक्ता एवम् डिएसपी मधु नेपालले बताए।