चट्याङ लागेर कपिलबस्तुमा एक महिलाको मृत्यू
बुधबार, असार ४, २०८२
कपिलवस्तु –कपिलवस्तुमा चट्याङ लागेर एक महिलाको मृत्यू भएको छ । जिल्लाको विजयनगर गाउँपालिका –५, नौरंगियामा चट्याङ लागेर ४५ वर्षीय जन्ममति यादवको मृत्यू भएको हो । बुधवार साँझ करिब साढे ५ बजे डालपुर–नयाँ बस्ती नजिकको खेतमा भैँसी चराइरहेकी यादवलाई अचानक चट्याङ लागेको इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ ।