चट्याङ लागेर कपिलबस्तुमा एक महिलाको मृत्यू

कपिलवस्तु –कपिलवस्तुमा चट्याङ लागेर एक महिलाको मृत्यू भएको छ । जिल्लाको विजयनगर गाउँपालिका –५, नौरंगियामा चट्याङ लागेर ४५ वर्षीय जन्ममति यादवको मृत्यू भएको हो ।
बुधवार साँझ करिब साढे ५ बजे डालपुर–नयाँ बस्ती नजिकको खेतमा भैँसी चराइरहेकी यादवलाई अचानक चट्याङ लागेको इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ ।
चट्याङबाट यादवको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक हर्षबहादुर चन्दले बताए । मृतकको शव पोस्टमार्टमका लागि शिवराज अस्पताल, बहादुरगञ्जमा राखिएको छ ।
प्रकाशित मिति: बुधबार, असार ४, २०८२ २२:३७
प्रतिक्रिया दिनुहोस्