लुम्बिनी सहित चार प्रदेशमा भारी बर्षा हुने
बिहीबार, असार ५, २०८२
बुटवल – लुम्बिनी प्रदेश सहित अधिकांश भूभागमा आज बर्षा हुने भएको छ । लुम्बिनी सहित कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका केही भू–भाग मनसुनी वायुको प्रभाव रहेको छ । देशको पश्चिम भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतको पश्चिम बङ्गाल आसपासको क्षेत्रमा बनेको न्यूनचापिय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ ।