
बुटवल – लुम्बिनी प्रदेश सहित अधिकांश भूभागमा आज बर्षा हुने भएको छ । लुम्बिनी सहित कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका केही भू–भाग मनसुनी वायुको प्रभाव रहेको छ ।
देशको पश्चिम भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतको पश्चिम बङ्गाल आसपासको क्षेत्रमा बनेको न्यूनचापिय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ ।
देशभर साधारणतया बदलीदेखि पूर्णयता बदली रहने महाशाखाद्वारा बिहीबार बिहान जारी बुलेटिनमा उल्लेख छ ।
बिहीबार दिउँसो सबै प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । देशका उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरू हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।
यसैगरी, आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
लुम्बिनी, गण्डकी, मधेश र कोशी प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । देशका उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरू हल्का वर्षारहिमपातको सम्भावना रहेको छ ।
यसको प्रभावले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सोको असरबाट बच्न आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउनहुन महाशाखाले अनुरोध गरेको छ