शंकर नगर सामुदायिक वनमा वन संवर्द्धन सम्बन्धी अन्तरक्रिया
शनिबार, असार ७, २०८२
तिलोत्तमा - शंकरनगर सामुदायिक वन उपभोक्ता समिति तिलोत्तमा १ रुपन्देहीले वन संवर्द्धन प्रणालीमा आधारित वन व्यवस्थापन सम्बन्धी अन्तरक्रिया गरेको छ । सामुदायिक वनको वार्षिक कार्य योजना अनुसार तिलोत्तमा नगर क्षेत्रका राजनैतिक दल, विद्यालयका शिक्षक, विद्यार्थी, खानेपानी संस्था, पत्रकार, सामाजिक संघ संस्था र सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागितामा अन्तरक्रिया गरिएको हो।