दुम्कीवास–दाउन्ने सडक: अस्थायी डाइभर्सनको स्थायी समस्या, यात्रुलाई अझै सास्ती
शनिबार, असार ७, २०८२
बुटवल – पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दुम्कीवास–दाउन्ने सडक खण्ड यात्रुहरुका लागि सबैभन्दा बढि पिडा दिने मार्ग बनेको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को दुम्कीवास–दाउन्ने सडक खण्डबाटको विनयी खोलाको बनाइएको अस्थायी डाइभर्सन बगाउँदा यात्रुले सास्ती पाएका हुन् ।वर्षाले विनयीखोलामा आउने बाढी र सडक हिलाम्मे हुँदा चार दिनदेखि यातायात अवरुद्ध हुँदै आएको छ।