समाजवादी प्रेस संगठन रुपन्देहीले गर्यो पर्यटन पत्रकारिता कार्यशाला
शनिबार, असार ७, २०८२
बुटवल - बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा समाजवादी प्रेस संगठन नेपाल रुपन्देहीले पर्यटन पत्रकारिता क्षमता अभिबृद्धि कार्यशाला गरेको छ ।तीन तहकै सरकारले पर्यटनमार्फत समृद्धिको यात्रामा जाने नीति लिएको अवस्थामा पत्रकारिता क्षेत्रले उठाउनुपर्ने मुद्धाका सवालमा अन्तरक्रियात्मक रुपमा कार्यशाला गरिएको हो।