वैकल्पिक बाटोबाट यात्रा गर्न आग्रह
मंगलबार, असार १०, २०८२
कावासोती– पूर्वपश्चिम राजमार्गको विनयीत्रिवेणी खोलाको डाइभर्सन भत्काएपछि सडक डिभिजन कार्यालयले अब डाइभर्सन बनाउने काम बन्द गरेको छ । डाइभर्सन बन्द भएपछि बुटवल–नारायणगढ सडकखण्डमा यातायात बन्द भएको प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले बताए ।