पूर्वप्रधानमन्त्री नेपालको बयान सकियो, थुनछेक बहस शुरु
बुधबार, असार ११, २०८२
काठमाडौं - विशेष अदालतमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको बयान सकिएको छ । पतञ्जलि जग्गा प्रकरणमा अख्तियारले हालेको मुद्दामा उनले बयान दिएका हुन् । बयानपछि थुनछेक बहस सुरु भएको छ। थुनछेक बहसमा नेपालका तर्फबाट बहस गर्न वकिलहरुको लामो पंक्ति तयार भएको छ । वरिष्ठ अधिवक्ता नै डेढ दर्जन जति छन् ।शम्भु थापा, गोविन्द बन्दी, टीकाराम भट्टराईसहितका वरिष्ठ अधिवक्ताले सुरुवाती बहस गर्ने भएका छन् ।