प्रगतीशील पत्रकार संघले गर्याे विकासमा मिडियाकाे भूमिकाबारे अन्तरक्रिया
बिहीबार, असार १२, २०८२
बुटवल - प्रगतिशील पत्रकार संघ नेपाल रुपन्देहीको आयोजना र बुटवल उपमहानगरपालिकाको सहयोगमा बुटवलमा विकासमा मिडियाको भूमिका विषयक अन्तरक्रिया भएको छ । बिहीबार भएको उक्त अन्तरक्रियामा बोल्ने सहभागिले विकासमा मिडियाको भूमिका अहम रहेको बताएका छन् । प्रतिपक्षको भूमिकाका रहेको मिडयाले खरबरदारी गरेकै कारण विकास निर्माणका कामहरुले केही गतिलिएको बताए । विकास निर्माणका हरेक काममा भ्रष्टाचार भएको मिडियाले खबरदारी गरेका कारण विकासका कामहरुमा भ्रष्टाचार गर्नेहरु केही हदमसम्म डराएपनि भ्रष्टाचार न्यूनिकरण हुन नसेको बताए ।