रुपन्देहीको शान्ति नमुना माविका १८ विद्याथीले चार जीपीए ल्याएर नयाँ रेकर्ड कायम
शनिबार, असार १४, २०८२
बुटवल – माध्यमिक शिक्षा परीक्षा (एसईई) मा रुपन्देहीको तिलोत्तमा रहेको शान्ति नमुना माध्यमिक विद्यालयका १८ विद्यार्थीले ४ जीपीए अंक ल्याएर नयाँ रेकर्ड कायम गरेका छन् । यो नतिजा सामुदायिक विद्यालयतर्फ नेपालकै उत्कृष्ट हो । शान्ति माविका सर्वदा विश्वकर्मा, मोहम्मद रेहान खान, सरिता यादव, सेवा रेग्मी, स्वप्निल गैह्रे, सेलिना लामा, सौगात पाण्डे, सुसन पङ्गेनी, अनिल ज्ञवाली, अप्सन पौडेल, सृजन घिमिरे, शिशिर सुसाल, शिवानी डुम्रे, सुशान्त अर्याल, आशिष पाण्डे, अनिश भुसाल, सन्देश न्यौपाने र किस्मत थापाले ४ जीपीए ल्याएको विद्यालयले जनाएको छ ।