
बुटवल – माध्यमिक शिक्षा परीक्षा (एसईई) मा रुपन्देहीको तिलोत्तमा रहेको शान्ति नमुना माध्यमिक विद्यालयका १८ विद्यार्थीले ४ जीपीए अंक ल्याएर नयाँ रेकर्ड कायम गरेका छन् । यो नतिजा सामुदायिक विद्यालयतर्फ नेपालकै उत्कृष्ट हो ।
शान्ति माविका सर्वदा विश्वकर्मा, मोहम्मद रेहान खान, सरिता यादव, सेवा रेग्मी, स्वप्निल गैह्रे, सेलिना लामा, सौगात पाण्डे, सुसन पङ्गेनी, अनिल ज्ञवाली, अप्सन पौडेल, सृजन घिमिरे, शिशिर सुसाल, शिवानी डुम्रे, सुशान्त अर्याल, आशिष पाण्डे, अनिश भुसाल, सन्देश न्यौपाने र किस्मत थापाले ४ जीपीए ल्याएको विद्यालयले जनाएको छ ।
त्यस्तै, २२ जनाले ३.९६ देखि ३.९९ जीपीए ल्याएका छन् । ३.९ देखि ३.९५ ल्याउने १४, ३.६ देखि ३.८९ सम्म ल्याउने १७१, ३.२ देखि ३.५९ सम्म ल्याउने २०९, २.८० देखि ३.१९ ल्याउने ११२ र २.४० देखि २.७९ जीपीए ल्याउने १४ जना विद्यार्थी रहेका छन् ।
विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछानेले विद्यार्थीहरूको नतिजाले उत्साही बनाएको बताए । शिक्षकहरुको मेहनत, अभिभावक र विद्यार्थीहरुको सक्रियताले याे नतिजा आएकाे यनले बताए । नतिजाले सामुदायिक विद्यालय अब्बल हुँदै गएकाे सकरात्मक सन्देश आफूहरुले दिन सकेकाे उनकाे भनाइ छ । । विद्यालयबाट ६०९ जना विद्यार्थी परीक्षामा सहभागी थिए ।