मुगुमा दोस्रो पनि ४.३ म्याग्निच्युडको भूकम्प
सोमबार, असार १६, २०८२
काठमाडौँ - मुगुलाई केन्द्रबिन्दु बनाएर लगातार दोस्रो दिन पनि भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोमबार बिहान जिल्लाको कोटडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएको हो । बिहान ८ बजेर ३९ मिनेट जाँदा गएको भूकम्पको तीव्रता ४.३ म्याग्निच्युडको रहेको थियो ।