Lumbini Rise
मुगुमा दोस्रो पनि ४.३ म्याग्निच्युडको भूकम्प 

काठमाडौँ - मुगुलाई केन्द्रबिन्दु बनाएर  लगातार दोस्रो दिन पनि भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोमबार बिहान जिल्लाको कोटडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

बिहान ८ बजेर ३९ मिनेट जाँदा गएको भूकम्पको तीव्रता ४.३ म्याग्निच्युडको रहेको थियो । आइतबार पनि मुगुको जिमामा केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । केन्द्रका अनुसार २ बजेर ३४ मिनेट जाँदा गएको भूकम्पको तीव्रता ४.८ म्याग्निच्युड थियो ।

प्रकाशित मिति: सोमबार, असार १६, २०८२  १०:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update