सहकारी नियमन प्राधिकरणको अध्यक्षमा रुपन्देहीका खगराज शर्मा नियुक्त
मंगलबार, असार ३१, २०८२
बुटवल– राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षमा रुपन्देहीका डा. खगराज शर्मा नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको अध्यक्षमा शर्मालाई नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए । सहकारी विज्ञ शर्मा राममणि बहुमुखी क्याम्पस रुपन्देहीका पूर्व क्याम्पस प्रमुख समेत हुन ।