Lumbini Rise
सहकारी नियमन प्राधिकरणको अध्यक्षमा रुपन्देहीका खगराज शर्मा नियुक्त 

बुटवल– राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षमा रुपन्देहीका डा. खगराज शर्मा नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको अध्यक्षमा शर्मालाई नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।

शर्मा तत्कालीन सहकारी विकास बोर्डका सदस्य सचिव थिए ।  सहकारी विज्ञ शर्मा राममणि बहुमुखी क्याम्पस रुपन्देहीका पूर्व क्याम्पस प्रमुख समेत हुन ।  

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा गठित सिफारिस समितिले शर्मासागै अर्जुनप्रसाद पोखरेल र नारायण पौडेलको नाम सिफारिस गरेको थियो । 

प्राधिकरणको अध्यक्ष बन्नका लागि ६ जनाको आवेदन दिएका थिए । जसमध्ये तीन जनाको नाम सर्टलिष्ट गरी सिफारिस गरेको थियो । 

प्रकाशित मिति: मंगलबार, असार ३१, २०८२  ०९:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update