लुम्बिनी बौद्ध विश्वविद्यालयको ४९ करोड ५९ लाख बजेट स्वीकृत
बुधबार, असार ३२, २०८२
काठमाडौँ- लुम्बिनी बौद्ध विश्वविद्यालय सभाको १८ औँ बैठकले आगामी आर्थिक वर्षका लागि रु ४९ करोड ५९ लाखको बजेट स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार भएको बैठकमा विश्वविद्यालयका रजिष्ट्रार डा तिलकराम आचार्यद्वारा प्रस्तुत बजेट स्वीकृत भएको हो ।