ग्रामिण लघुवित्तका संस्थापक शेयरधनी महिलाले बुझाए ध्यानाकर्षण पत्र
बिहीबार, साउन १, २०८२
बुटवल- ग्रामिण बिकास लघुवित्त वित्तिय संस्था लि.का शेयरधनी महिलाहरुले साधारण सभाको निर्णय सच्याउन माग गर्दै प्रमुख कार्यकारी अधिकृतको ध्यानाकर्षण गराएका छन् ।गत असार २८ गते सम्पन्न दशौं साधारण सभाले गरेको मर्जरको निर्णय खारेजीको माग गर्दै संस्थापक महिला शेयरधनिहरुले प्रधान कार्यालय बुटवलमा पुगेर प्रमुख कार्यकारी अधिकृत श्याम कुमार कटुवाललाई ध्यानाकर्षण गराएका हुन ।