अर्घाखाँचीमा काठ उत्पादन बढ्याे, माग घट्यो
बिहीबार, पुस ३, २०८२
अर्घाखाँची- अर्घाखाँची जिल्लामा पछिल्लो पाँच वर्षको अन्तरालमा काठ उत्पादनमा उल्लेख्य वृद्धि भए पनि उपभोक्ताको माग भने निरन्तर घट्दो क्रममा रहेको छ ।डिभिजन वन कार्यालयका अनुसार वनबाट उत्पादन हुने काठको परिमाण बढे पनि बजारमा खपत नहुँदा ठूलो मात्रामा काठ मौज्दात रहने अवस्था सिर्जना भएको हो ।जिल्ला वन कार्यालयका वरिष्ठ वन अधिकृत गणेश चौधरीका अनुसार आर्थिक वर्ष २०७८/७९ मा ७ हजार ६ सय ५० क्युफिट काठ उत्पादन भएकोमा सोही वर्ष सम्पूर्ण काठ खपत भएको थियो । तर, त्यसपछिका वर्षहरूमा उत्पादन बढे पनि बिक्री ओरालो लागेको तथ्याङ्कले देखाउँछ ।


