Lumbini Rise
राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्टविरुद्धको रिट हेर्न नभ्याइने

काठमाडौं-  नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक​ गुणाकर भट्टविरुद्ध सर्वोच्च अदालतमा परेको पूरक निवेदन र गभर्नरको उमेर हदसम्बन्धी मापदण्डविरुद्धको रिट आज हेर्न नभ्याइनेमा परेको छ।

न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेयको इजलासमा परेको पूरकसहितको रिट ४० औं नम्बरमा थियो। सर्वोच्चले यसअघि गभर्नरको उमेरजन्य योग्यता संशोधन कार्यान्वयन नगर्न अल्पकालीन आदेश जारी गरेको थियो।

अन्तरिम आदेशबारे छलफलका लागि दुवै पक्षलाई आज बोलाइएको थियो। तर, दुवै रिट हेर्न नभ्याइनेमा परेका छन्

प्रकाशित मिति: आइतबार, वैशाख ७, २०८२  १७:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update