
बुटवल - नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रुपन्देही शाखाले नव निर्वाचित लुम्बिनी प्रदेश, केन्द्रीय पदाधिकारी र जिल्लाका सल्लाहकारहरूलाई बधाई तथा सम्मान गरेको छ ।
सोमबार तिलोत्तमा–५, जोगिकुटी स्थित बुटवल भ्युमा आयोजित कार्यक्रममा हालै लुम्बिनीमा चैत्र २९ र ३० गते सम्पन्न केन्द्रीय महाधिवेशनबाट निर्वाचित रुपन्देहीका संघीय केन्द्रीय वरिष्ठ उपाध्यक्ष सारु राना, केन्द्रीय सचिव मिलन गाहा र केन्द्रीय लेखा समितिका सदस्य प्रविन गहामगरलाई सम्मान गरिएको हो ।
त्यस्तै आदिवासी जनजाति पत्रकार महासंघ लुम्बिनी प्रदेशको अधिबेशनबाट निर्वाचित प्रदेश महासचिव सोनु थापामगर र प्रदेश सदस्य निर्मल एसपी थापा मगरलाई समेत बधाई तथा सम्मान गरेको हो । फोनिज जिल्ला शाखाले पूर्व केन्द्रीय सदस्य लेकनेश ढेंगमगर, पूर्व केन्द्रीय सदस्य कमल चौधरी, निवर्तमान अध्यक्ष एंव लुम्बिनी प्रदेशमा महासचिव सोनु थापा मगर र पूर्व जिल्ला अध्यक्ष भिम गुरुङ्गलाई फोनिज जिल्ला शाखाले शनिबार बसेको नियमित मासिब बैठकबाट सल्लाहकारमा चयन भएकोमा उहाँहरुलाई पनि बधाई एंव सम्मान गरेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका फोनिजका वरिष्ठ उपाध्यक्ष सारु रानाले आदिवासी जनजाति समुदायका हक, अधिकार र पहिचानका मुद्दाहरूलाई सशक्त ढंगले उठाउनुपर्नेमा जोड दिए । उनले रुपन्देहीमा फोनिजको इतिहास लामो रहेको स्मरण गराउँदै संस्थालाई अझ सशक्त र क्रियाशील बनाउनेतर्फ आफु पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै, महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न योगदान पु–याएकोमा रुपन्देही शाखालाई विशेष धन्यवाद समेत दिए ।
त्यस्तै फोनिज लुम्बिनी प्रदेशका महासचिव सानु थापाले फोनिज दलीय भागबण्डाको शिकार बन्दै गएको गुनासो गरे । उनले महाधिवेशनमा खुलेआम देखिएको राजनीतिक हस्तक्षेपले संस्थाको गरिमा घट्न सक्ने चिन्ता व्यक्त गर्दै आदिवासी जनजाति समुदायको हक, अधिकार र पहिचानका मुद्दालाई सशक्त रूपमा उठाउन नेतृत्वले सचेत रहनुपर्ने आवश्यकता औँल्याए ।
फोनिज रुपन्देहीका अध्यक्ष मीन रानाको अध्यक्षता, सह–सचिव मनु गुरुङको स्वागत मन्तव्य र सचिव आकृति थापा मगरको सञ्चालनमा सम्पन्न कार्यक्रममा केन्द्रीय लेखा समितिका सदस्य प्रविन गहा, पूर्व केन्द्रीय सदस्य एवं जिल्ला सल्लाहकार लोकनेश ढेगा, पूर्व केन्द्रीय सदस्य एवं जिल्ला सल्लाहकार कमल चौधरी, नेपाल मगर संघ जिल्ला समितिका अध्यक्ष थर्कबहादुर बाह्रघरे मगर, फोनिज लुम्बिनी प्रदेश सदस्य निर्मल एसपी, बुटवल भ्युका सञ्चालक एकबहादुर गाहा, रोहिणी सांस्कृतिक मञ्चका अध्यक्ष प्रितम थापा, बसन्त कुमार सिंजाली, एकु राना, जगत ठाडा मगर, पार्वती चौधरी लगाय अतिथिहरुको उपस्थिति रहेको थियो ।