Lumbini Rise
दानव नदीमा वेपत्ता २ बालकको शव भेटियो 

 

रूपन्देही- रूपन्देहीस्थित दानव नदीमा बेपत्ता भएका दुई जना बालकको शव सशस्त्र प्रहरी बलको गोताखोरले मंगलबार निकालेको छ।


सोमबार लुम्बिनी साँस्कृतिक नगरपालिका– २ अर्दौलीस्थित दानव नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका मध्ये २ बालकको शव मंगलबार बिहान गोताखोरले निकालेको हो ।

सुरक्षा बेश लुम्बनीबाट सशस्त्रका डिएसपी दिपक कोइरालाको  कमाण्डमा र गोताखोर सहित बोर्डर आउट पोस्ट बयरघाटबाट सशस्त्र प्रहरी निरीक्षक रामकुमार घिमिरेको कमान्डमा खटिएको संयुक्त टोलीले बिहान बेपत्ता भएकै स्थानबाट दुई बालकको शव फेला पारेको हो।

१३ वर्षीय उमेश यादव र १२ वर्षीय मुनु हरीजनको शव फेला परेको शसस्त्रका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

 सशस्त्र प्रहरी बल नेपाल नं ४२ रिजर्भ गण बाँकेबाट  गोताखोर झिकाएर वेपत्ता बालकहरुको खोजी गरिएको थियो । 

 बेपत्ता मध्ये १४ वर्षीय राज यादवको शव भने सोमबार साँझ फेला परेको थियो। 

danab-nadi-1745321199.jpg


 

प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०८२  १७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update