Lumbini Rise
लुम्बिनी साँस्कृतिक नगरपालिकाद्धारा डुबेर मृत्यू भएका बालकको परिवारलाई एक/एक लाख राहात दिने  

 

लुम्बिनी-  लुम्बिनी साँस्कृतिक नगरपालिकाले दानव नदीमा डुबेर मृत्यू भएका २ बालकको परिवारलाई जनही एक/एक लाख रुपैयाँ राहात दिने भएको छ ।

लुम्बिनी साँस्कृतिक नगरपालिका नगरप्रमुख सजरुद्धिन मुसलमानले मंगलबार विज्ञप्ती जारी गर्दै मृतकप्रती श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवारलाई काजक्रिया तथा अन्य कार्यका लागि प्रति परिवार एक लाख रुपैयाँ दिने निर्णय गरेको जनाएका हुन ।

‘दानव नदीमा पौडी खेल्नेक्रममा डुबेर मृत्यू भएको घटनाले नगरवासि अत्यन्तै दुखी र मर्माहत भएको समेत विज्ञप्तीमा भनिएको छ । 


सोमबार लुम्बिनी साँस्कृतिक नगरपालिका– २ अर्दौलीस्थित दानव नदीमा पौडी खेल्ने क्रममा १३ वर्षीय उमेश यादव र १२ वर्षीय मुनु हरीजनको डुबेर मृत्यू भएको थियो ।  सशस्त्र प्रहरी बल नेपाल नं ४२ रिजर्भ गण बाँकेबाट  गोताखोर झिकाएर वेपत्ता बालकहरुको खोजी गरि शव निकबालिएको थियो । 

lumbini-(2)-1745322269.jpg


 

प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०८२  १७:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update